तपाईको अनुग्रह।। मुक्तक।। थमन पुन ।।
तपाईको अनुग्रह तपाईको अनुग्रहले बद्लेको छ मलाई , जीवन मेरो कस्तो दयनिय थियो। अदमारा बनाई जकट्दा सैतानले , छुटकारा त केवल तपाईकै नाउँले दियो। बिचरा पागल भएछ भन्थे, अब मर्छ होला यो भन्थे। मेरो यो भयविय जीवन देखी , आफन्तले नै नाना भाति कुराहरु गर्थे। लड्खडाएर पल्टिंदा म हात समाई तपाइले उठाउनु भयो , आफै सङ्ग हारेको थिए हिम्मत को साहस त केवल तपाइले दिनुभयो , मृत्यु सङ्ग जब लड्दै थिए म , अन्तिम सास जब फेर्दै थिए म ( 2) आसाको किरण त रत्तिभर थिएन अन्तिम दिन मेरो यही हो भन्दै थिए म , मृत्यु सङ्ग जब लड्दै थिए म , अन्तिम दिन मेरो , यहि हो भन्दै थिए म। आऊ काल आऊ लिएर मलाई जाऊ छुटकारा देउ , बस यहि भन्दै थिए म। आसुको ढिक्का दरदरी झार्दै आफ्नै मृत्युलाई ओछ्यान मा पर्खिदै थिए म , जब हात ख्रीष्ट ले राख्नु भो म मा चंगाई त मेलै उत्तीखेरै पाएँ , सैतानको साङ्गला भाचिएको छ छुटकाराको जीवन केवल ख्रीष्टमा पाएँ । प्रभु तपाइको शक्ति कति अद्भूत , मृत्युको मुखबाट बचाउनु भयो । तपाइको हृदय कति अनुग्रही...