जापानको पहिलो नेपाली संगति (उत्साह नेपाली चर्च), अब टोक्यो नाकानोमा (中野,東京) पनि!
उत्साह नेपाली चर्च टोकियो जापानले सन् २०१४ देखि जापानमा रहेका नेपाली समुदायबीच निरन्तर परमेश्वरको सेवा र नेपाली भाषामा संगति गर्दै आइरहेको छ। १२ वर्षदेखि विश्वासयोग्य सेवामा अघि बढिरहेको उत्साह नेपाली चर्च जापानको पहिलो नेपाली संगतिका रूपमा धेरै नेपालीहरू र जापानको विभिन्न ठाउँमा रहेको मण्डलीहरुको लागि आत्मिक घर बनेको छ। यस वर्ष अगस्टमा १२औँ वार्षिकोत्सव मनाउँदै गर्दा, उत्साह नेपाली चर्चले ताचिकावामा पनि नयाँ संगति सफलतापूर्वक सुरु गरिसकेको छ। अब त्यसैको निरन्तरतास्वरूप २०२६ अगस्ट १६ देखि टोकियोको नाकानोमा पनि नयाँ संगति सुरु हुन गइरहेको छ। टोकियो, चिबा र साइतामाबाट आउने विश्वासीलाई सहज हुने गरी, Nakano Station बाट करिब ७ मिनेट पैदल पुग्न सकिने स्थानमा प्रत्येक आइतबार नियमित आराधना र संगति हुनेछ। यदि तपाईं टोकियो क्षेत्रमा नेपाली भाषामा आराधना, संगति र आत्मिक परिवार खोज्दै हुनुहुन्छ भने, हामी तपाईंलाई हार्दिक स्वागत गर्दछौं। 📍 उत्साह नेपाली चर्च – नाकानो फेलोशिप 📅 मिति: २०२६ अगस्ट १६ (आइतबार) 🕜 समय: दिउँसो १:३० बजेबाट 📍 स्थान: Nakano Station बाट ७ मिनेट पैदल हरेक आइतबार यही स्...