तपाईको अनुग्रह।। मुक्तक।। थमन पुन ।।

 


तपाईको अनुग्रह

तपाईको अनुग्रहले बद्लेको छ मलाई,

जीवन मेरो कस्तो दयनिय थियो।

अदमारा बनाई जकट्दा सैतानले,

छुटकारा त केवल  तपाईकै नाउँले दियो।

बिचरा पागल भएछ भन्थे,

अब मर्छ होला यो भन्थे।

मेरो यो भयविय जीवन देखी,

आफन्तले नै नानाभाति कुराहरु गर्थे।

 

लड्खडाएर पल्टिंदा म

हात समाई तपाइले उठाउनु भयो,

आफै सङ्ग हारेको थिए

हिम्मत को साहस त केवल तपाइले दिनुभयो,

मृत्यु  सङ्ग जब लड्दै थिए म,

अन्तिम सास जब फेर्दै थिए म (2)

आसाको किरण त रत्तिभर थिएन

अन्तिम दिन मेरो यही हो भन्दै थिए म,

मृत्यु सङ्ग जब लड्दै थिए म,

अन्तिम दिन मेरो, यहि हो भन्दै थिए म।

 

आऊ काल आऊ लिएर मलाई जाऊ छुटकारा देउ,

बस यहि भन्दै थिए म।

आसुको ढिक्का दरदरी झार्दै आफ्नै मृत्युलाई ओछ्यान मा पर्खिदै थिए म,

जब हात ख्रीष्ट ले राख्नु भो म मा

चंगाई  त मेलै उत्तीखेरै पाएँ,

सैतानको साङ्गला भाचिएको छ

छुटकाराको जीवन केवल ख्रीष्टमा पाएँ

 

प्रभु तपाइको शक्ति कति अद्भूत,

मृत्युको मुखबाट बचाउनु भयो ।

तपाइको हृदय कति अनुग्रही,

आज नयाँ जीवन मलाई दिनु भयो ।

प्रभु तपाइको प्रेम कस्तो महान हृदय मा शान्ति र आनन्द दिने,

प्रभु तपाइको प्रेम कस्तो निस्वार्थ जीवन मा आशिष र उमङ्ग ल्याउने

 

लेखक: थमन पुन 

सम्पादक: आरती सुनुवार

प्रकाशक: उत्साह नेपाली चर्च सामाजिक संजाल मिडिया टिम 

 

Comments

Anonymous said…
God bless you more Thaman Bhai

Popular posts from this blog

प्रभुको आँसु।।डालिका मसिह।।

साप्ताहिक संगति