प्रभुको आँसु।।डालिका मसिह।।
प्रभुको आँसु
पढ्दै थिए प्रेमपत्र परमेश्वरको घोरीएर –
प्रश्न सोधे आँखाहरूले - युहन्ना 11:35 मा रोकिएर ।
सोधे प्रभु तपाई किन रुनुभएको छ ?
उहाँले मलाई प्रेम गर्नुहुन्छ, थाहा थियो तर,
उहाँ त मेरो खातीर रुनु पनि पो हुँदोरहेछ।
प्रभु भन्नु हुन्छ
कान हुनेहरु सुन, प्रभुले आँसुको कारण सुनाउनु भयो।
वागी भएको महिमाको प्रजा देखेर आँसुको धारा बगाउनु भयो
जब महिमाको खातीर सृजीएको मान्छेले,
लोभ र चाहाना को खातीर आज्ञा तोड्यो
र
म रोएँ
साँझ-बिहान सँगै संगती गर्ने आदमले अदनको बगैचा छोड्यो र म रोएँ
भाई- भाईको एकता कति मनोहर थियो- तर टुक्रीएको भाइचारा देखेर म रोएँ ।
फर्किन्छ कि अनाज्ञाकारीताबाट पश्चातापमा हेरे,
तर निर्दोष हाबिलको रगत बगाइएको देखेर रोएँ
महीमाका निम्ती सृजीएको मेरो प्रजा वागी भएको देखेर रोएँ ।
कहीले सुन्दर सृष्टीलाई जलप्रलयमा नष्ट हुदै गरेको देखेर रोएँ
कहीले सदोम र गमोरा क्रोधको आगोमा सल्किंदै गरेको देखेर रोएँ,
गोरूले पनी चिन्छ आफ्नो मालिकलाई
तर मेरो प्रजाले मलाई चिन्न नसकेको देखेर रोएँ ।
अंहकारको सिंहासनबाट धर्तिमा कहिले झर्नेछौं तिमी?
तिम्रो घमण्ड र शेखी को पराकाष्ट देखेर रोएँ ।
समय छँदै शोक गरेर फर्क सत्यको बाटोमा भनेँ,
अन्धकारका कामहरुलाई अंगालीरहेको देखेर रोएँ।
व्यभीचारको बन्धनमा बाँधीएको सन्तान लाई देखेर रोएँ।
ज्ञानको कमीले नष्ट भएको प्रजाले देखेर रोएँ।
स्वर्गीय राजालाई (येशुलाई)
निन्दा गर्नेहरु,
टुना - मुना र जोखाना हेर्नेहरु
अन्त्यको दिनमा आगोमा फालिदै गरेको देखेर रोएँ ।
सृष्टिकर्तालाई भुलेर संसारलाई अँगाल्ने हरु देखेर रोएँ।
स्वर्गको अभिषेक पाएका छोरो वालाम भएको देखेर रोएँ।
मैले तिमीलाई ज्योती बनाए सामदानमा राखे
सन्तान
बनाए
अनि मेरो हतकेला खोपे,
अपवित्र थियौ पवित्र बनाए ।
नम्रता सिकाउछु हठि बन्छौ
वचनलाई तुच्छ ठान्छौ,निर्जिवहरुलाई पूजा गर्छो
तिमीलाई दुश्मनले कैदमा लगेको देखेर रोएँ!
मृत्युले तिमीलाई निलेको देखेर रोएँ ।
इच्छा र अभिलाषामा तिमी नष्ट भएको देखेर रोएँ
संसारको सासकको सामुन्ने तिमी निरीह भएको देखेर रोएँ ।
यशुको रगतमा छुटकारा पाएको तिमी
स्वर्गको राज्यको नागरीक बनेको तिमी
चंगाइको लागी छट्पटीएको देखेर रोएँ।
अशुद्धता मा कम्जोर भएको विश्वास देखेर रोएँ।
स्वर्गको सन्तान तर निरासामा देखेर रोएँ !
आउ न फर्केर स्वर्गको राज्य खोज्न
राता, पहेला पापहरु लाई सेतो पवित्र पार्न पश्चाताप गर्न नखोज्ने
कठोर तिम्रो इदय देखेर रोएँ
तिम्रो छुट्काराको मोल तिर्न कलवरी क्रुसमा रगत बगाएको मेरो बलिदान समझेर रोएँ।
तिम्रै पापको खातिर किला ठोकिएका हुन् येशु
अझै उनको प्रेमले नबदलिएको तिम्रो हृदय देखेर रोएँ
जब आउनेछन् उनि नचिताएको बेला,
तब तिमी अन्धकार तिर फ्याँकीदै गरेको देखेर रोएँ !
परमेश्वरलाई महीमा दिन इन्कार गरेको देखेर रोएँ
संसार सँग एउटै जुवामा नारीदै हिडेको देखेर रोएँ ।।।
लेखक: डालिका मसिह
सम्पादक: आरती सुनुवार
प्रकाशक: उत्साह नेपाली चर्च सामाजिक संजाल मिडिया टिम

Comments