उत्साह नेपाली चर्च टोक्यो जापान साप्ताहिक संगति
उत्साह नेपाली चर्च टोक्यो जापान, साप्ताहिक संगति
एल्डर गुरुङ्ग चन सुरज । नियत । उत्साह नेपाली चर्च टोकियो कामता जापान,2024-6-23|
परमेश्वरले हाम्रो नियत र हाम्रो मनसाय जान्नुहुन्छ उहाँले अँधेरोमा लुकेका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ र मानिसका हृदयका अभिप्रायहरु प्रकट गरिदिनुहुनेछ । उहाँसँगको समर्पणतामा, घनिष्ठतामा, पवित्रतामा भक्तिपूर्ण जीवनमा र उहाँको इच्छाको अधीनमा रहयों भने उहाँले हामीलाई उहाँको महिमामा निम्ति उहाँको अनुग्रह र दयाको मार्गमा डोर्याउनुहुनेछ। उहाँ एक महान परमेश्वर र सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ।
प्रभु येशू ख्रीष्टको लागि हामी कसरी जिउन सक्छौं?
मनमा एउटा उद्देश्य लिएर की म जे गर्छु, त्यो येशू ख्रीष्टको लागि गर्छु जसले गर्दा उहाँको अनुहारमा मुस्कान ल्याउनेछ।
हामीहरुको उद्देश्य चाही यही हुनूपर्छ की “उहाँ बढ्नु, तर मचाहिँ घट्नु आवश्यक छ।”




Comments