थाहा भो तपाई नै हुनुहुन्छ-कविता॥ हिरामाया पाख्रिन ॥

  

                                         

 आमाको गर्भमा बनिनु अघि

नबनिएको मलाई तपाईले नै देख्नुभएछ

प्रेम साथ उच्चारण गर्दै मेरो नामलाई

आफ्नो हृदयमा तपाईले नै लेख्नुभएछ


हुर्किदै गर्दा बालपनमा रमाउदै

विपत्ति र आपतहरुलाई तपाईले छेक्नुभएछ

तपाईको प्रेमलाई बुझाउन भनि

स्याहार्ने असल हृदयलाई तपाईले नै थेग्नु भएछ

 

जीउदै गर्दा अन्धकार र झुटको संसारमा

यात्राको पर्खालहरुलाई तपाईले नै देख्नुभएछ

दुष्टताको साङ्लोहरु टोड्न भनी

छुटकारा बोकि जगतमा तपाईले नै पाईला टेक्नुभएछ

 

अधर्म र पापले जन्माएको

मेरो घिनलाई तपाईले नै देख्नुभएछ

कारण थुकाइ र गिल्लाको अघि

नम्र भई तपाईले नै घुँडा टेक्नुभएछ

 

दिनदिनै कसेर चाङ लगाउदै गरेको

मेरो पापको भारीलाई तपाईले नै देख्नुभएछ

कारण क्रुसको कष्ट र पिडा बोकी

मृत्युलाई सदाको लागि तपाईले नै निल्नुभएछ

 

 

दुष्टले छिनालि लगेको

मेरो जीवनको आनन्द तपाईले नै हेर्नुभएछ

जीवन सुम्पि जब तपाईलाई पुकारे

हर दुष्टताको साटो तपाईले नै फेर्नुभएछ

  

तपाईमा भएर जिउदै गर्दा

जीवनको हर चाललाई तपाईले नै हेर्नुभएछ

संसारमा तर्केर नजाओस भनी

सल्लाहकार भई हरपल तपाईले नै घेर्नुभएछ

  

हो थाहा पाए,

हिजो, आज र भोली मेरो छेउमा तपाई नै हुनुहुन्छ

टुक्रिएको हृदयलाई निको दिन तपाईले नै छुनुहुन्छ

 आत्तिदा सम्हाल्ने, मात्तिदा सिकाउने तपाई नै हुनुहुन्छ

 

हो थाहा पाए,

मेरो साथी, मेरो उद्धारक

मेरो जीवनको मालिक तपाई नै हुनुहुन्छ।

 

मेरो प्रभु तपाई नै हुनुहुन्छ।

 

॥ हिरामाया पाख्रिन ॥




Comments

Anonymous said…
God bless you dd
Anonymous said…
Hallelujah God bless you Nani

Popular posts from this blog

प्रभुको आँसु।।डालिका मसिह।।

साप्ताहिक संगति