दमस्कसको जम्काभेट || जेम्स राना ||
दमस्कसको जम्काभेट
ख्रीष्टियनहरुलाई नरसंहार गर्न दमस्कस तिर लम्केका
शावल, हातमा पुर्जि
लिएर,
वेन्यामिनको कुलको हुँ, व्यवस्थाको फरिसी हुँ भन्दै थे
दमस्कसमा परमेश्वरसंगको जम्काभेटमा पुर्लुक्कै ढले ।
त्यस पश्चात शावल त पावल पो भए
आँखाका पापरा उक्काएर फाले जस्तै
पुरानो चिनारी फाल्दै आफ्नो प्रभुलाई चिने ।
एकैछिनको मुड भेटबाट शावल त पावल पो भए!!!
व्यवस्थाको एक फरिसी, ख्रीष्टियन
मिसिनेरीमा
आक्रमक सिंह थुमामा
एक महान हत्यारा
र एक डरलाग्दो व्यक्ति,
ख्रीष्टिय प्रेमको संदेश बाड्दै हिंडीरहे
एकै छिनको जम्का
भेटले, आफ्नो बोलावट,
परिवर्तन र प्रकाशले भरिपुर्ण
पावल पो बने।
पुरानो चिनारी ख्रीष्टको निम्ति हानी नै ठाने
ख्रीष्ट भित्र पाईन सकु भन्दै
सम्पुर्ण जीवन समर्पण गरे।
तेस्रो पटक सम्मको मिसिनेरी
यात्रालाई पुरा गर्दै
ठाउँ ठाउँमा मण्डलीहरु
स्थापना गरे
यहुदीहरु र रोमी साम्राज्यको
सतावटलाई सामना गर्दै
मण्डलीको खम्बा जस्तै चेलाहरु निर्माण गरे
कहिले जेल त कहिले
सभाघर
ख्रीष्टको सुसमाचार प्रचार गरि नै रहे
एकैछिनको जम्का भेटले शावल त पावल
पो भए।
झ्यालखानामा साङ्ग्ला र ठिउराको कष्टमा
प्रार्थना र आराधनाको औषधी
पिए
भौतिक कष्टलाई बिर्सदै,
आत्मिक छुटकाराको महसुस गरे ।
मण्डलीलाई उत्साह र चेतावनी स्वरुप
पत्र लेखी,
कैदी जीवनबाट नै
पठाए
घरीघरी मण्डलीले ख्रीष्टको सिद्धान्तबाट
बाटो बिराई दुःख
दिई नै रहन्थे
पावल छटपटिदै HIGH DOSE को प्रार्थना
र आराधना गरि नै रहन्थे
एकैछिनको जम्का भेटले शावल त पावल
पो भए।
अन्यजातीको बीचमा बाटो खनेर गए
।
सम्पुर्ण जीवन ख्रीष्टको निम्ति
समर्पण गर्दै
आफ्नो दौड पुरा गेर
गए ।
प्रेरितको
पुस्तकबाट फिलेमोनको पुस्तक सम्म बाट निकालिएको
हो ।
पावलको जिवनीलाई ईंगित गरिएको छ ।
लेखक: जेम्स राना
सम्पादक: हिरामाया पाख्रिन
प्रकाशक: उत्साह नेपाली चर्च सामाजिक संजाल मिडिया टिम

Comments