साप्ताहिक संगति।। उत्साह नेपाली चर्च टोक्यो जापान ।।
पाष्टर खपाङ्गी चन्द्र कुमार । धोकाको बीउहरु । उत्साह नेपाली चर्च टोकियो कामता जापान,2024-7-7|
ख्रीष्टको अनुग्रह बिना मूल्यहीन मानिसले आफैलाई केही त हुँ नी भन्नु चैँ आफैलाई धोका दिनु हो । भनेर बाईबलमा स्पष्ट लेखिएको गलाती ६ :३ वचनलाई लिएर “ धोका का वीउहरु “ शिर्षकमा बोलिएको वचनको निश्कर्ष मन्डली मन्डली बिच र मन्डली भित्र भैरहेको बिवाद , दोषारोपण, बहिष्कार र विभाजन चैं परमेश्वरको राज्यलाई धोका दिनु हो ।
एउटा कुरा चिप्लीएको कारणले मन्डलीले मन्डलीलाई बहिष्कार गर्दैछ, एउटा सानो गल्ती वा भुललाई समातेर मन्डलीले आफ्नो अगुवालाई बहिस्कार गर्दैछ । एउटा बाईबल कलेजले स्वीकर नगरेको भएर अर्को बाईबल कलेजको शिक्षालाई अनौठो र झुटो प्रमाणित गर्ने हरप्रयास गर्दैछ, सुसमाचर प्रचार गरेको तरिका मिलेन रे , पवित्र आत्माको विषयमा त विवाद कत्ति कत्ति झन । वरदान र शक्तिको विषयमा त्यत्तिकै ।
ख्रीष्टलाई विश्वास गरेको व्यक्तिले यत्ति त बुझ्नु पर्ने - आफ्नै आँखाले देखेको र कानले सुनेको कुरा त सत्य प्रमाणित हुलाई धेरैपटक तथ्यहरुले टेवा दिनुपर्छ भने- बाईबलको विषयमा मैले बुझेको नै अन्तिम प्रकाश हो र अन्तिम सत्य पनि हो भन्नु सही होला??
यसकारण हाम्रो भन्नु यो छ - हामी मानिस कोही सिद्ध र पवित्र छैनौं प्रयासरत अवश्य छौं, गल्ती भुल त्रुटी हुन्छन , सबैबाट हुन्छ त्यसो हो भने १००० सुनको सिक्का मिनाहाको निगाहा पाएको नोकरले १०० चाँदीको सिक्का लिनु पर्ने रिणीलाई कठालोमा समातेर झ्यालखानामा लाने निर्दयी नोकर जस्तो नबनौं । आमेन् …
फ़ुटनोट:-
गलाती- ६:३
१यूहन्ना- १:८
१ कोरिन्थी-३:१८
लुका -१८:९-१४
मत्ती-१८:२१-३५
Comments