Posts

डाक्टर शर्मा नारायण ।परिवार ।उत्साह नेपाली चर्च टोकियो जापान ।।

Image
  डाक्टर शर्मा नारायण ।परिवार ।उत्साह नेपाली चर्च टोकियो जापान, 2024-7-21| परिवार परमेश्वरको योजना हो । जहाँ पृथ्वीमा रहँदै स्वर्गीय अनुभव गर्नलाई दिइएको स्वर्गको टुक्रा हो । यो अनुभव परमेश्वरको उपस्थितिबाट मात्र सम्भव छ ।हाम्रो जीवनको सुरुवात र अन्त्य परिवारमै हुने भएकाले परिवारको महत्वलाई जान्न अपरिहार्य छ । आनन्दित परिवारको लागि हामीले नगरी नहुने कुराहरु: हाम्रो उपस्थिति ,परमेश्वरको प्रतिज्ञालाई बोल्नु, मुल्य मान्यतालाई कायम राखी अनुशासनलाई निरन्तरता दिनु,आत्मिक बल प्रदान गर्नु परिवारमा हाम्रो कर्तव्य हो । फुटनोट:1तिमोथी3 :14,15

साप्ताहिक संगति।। उत्साह नेपाली चर्च टोक्यो जापान ।।

Image
  पाष्टर खपाङ्गी चन्द्र कुमार । धोकाको बीउहरु । उत्साह नेपाली चर्च टोकियो कामता जापान,2024-7-7| ख्रीष्टको अनुग्रह बिना मूल्यहीन मानिसले आफैलाई केही त हुँ नी भन्नु चैँ आफैलाई धोका दिनु हो । भनेर बाईबलमा स्पष्ट लेखिएको गलाती ६ :३ वचनलाई लिएर “ धोका का वीउहरु “ शिर्षकमा बोलिएको वचनको निश्कर्ष मन्डली मन्डली बिच र मन्डली भित्र भैरहेको बिवाद , दोषारोपण, बहिष्कार र विभाजन चैं परमेश्वरको राज्यलाई धोका दिनु हो । एउटा कुरा चिप्लीएको कारणले मन्डलीले मन्डलीलाई बहिष्कार गर्दैछ, एउटा सानो गल्ती वा भुललाई समातेर मन्डलीले आफ्नो अगुवालाई बहिस्कार गर्दैछ । एउटा बाईबल कलेजले स्वीकर नगरेको भएर अर्को बाईबल कलेजको शिक्षालाई अनौठो र झुटो प्रमाणित गर्ने हरप्रयास गर्दैछ, सुसमाचर प्रचार गरेको तरिका मिलेन रे , पवित्र आत्माको विषयमा त विवाद कत्ति कत्ति झन । वरदान र शक्तिको विषयमा त्यत्तिकै । ख्रीष्टलाई विश्वास गरेको व्यक्तिले यत्ति त बुझ्नु पर्ने - आफ्नै आँखाले देखेको र कानले सुनेको कुरा त सत्य प्रमाणित हुलाई धेरैपटक तथ्यहरुले टेवा दिनुपर्छ भने- बाईबलको विषयमा मैले बुझेको नै अन्तिम प्रक...

जवान हो सचेत रहो॥मनिषा थापा मगर॥

Image
  जवान हो सचेत रहो   जवान हो जवान छु भन्दैमा सृष्टिकर्तालाई नबिर्स अरुलाई तुच्छ ठान्दै घृणा नगर....घृणा नगर नत्र भने....नत्र भने जवान हो १ शमुएल १७ अध्यायमा उल्लेख गरिए अनुसार गोलियतको जस्तो हालत हुन सक्छ....हालत हुन सक्छ   जवान छु भन्दैमा सुन्दरताको घमण्ड नगर बल र ज्ञानको प्रदर्शन नगर....प्रदर्शन नगर किनभने हितोपदेश ३१ मा उल्लेख गरिए अनुसार एकदिन सबै उडि जानेछ....उडि जानेछ   जवान छु भन्दैमा हिरामोतीको पछि नलाग आमा बुवाको उपदेश र परमेश्वरको प्रतिज्ञालाई नत्याग ....प्रतिज्ञालाई नत्याग उपदेशक १२ मा उल्लेख गरिए अनुसार युवा अवस्थामा नै सृष्टिकर्ताको सम्झना गर सृष्टिकर्ताको सम्झना गर   त्यसैले जवान हो त्यसैले जवान हो त्यसैले जवान हो पवित्र आत्माको खोजी गर व्यवस्था २८ ले भन्दछ तेरो जीवनमा मेरो प्रतिज्ञा म पुरा गर्नेछु....म पुरा गर्नेछु ।   त्यसैले जवान हो जवान छु भन्दैमा सृष्टिकर्तालाई नबिर्स सृष्टिकर्तालाई नबिर्स।     ॥मनिषा थापा मगर ॥ लेखक:  मनिषा थापा मगर सम्पादक: हिरामाया पाख्रिन...

दमस्कसको जम्काभेट || जेम्स राना ||

Image
दमस्कसको जम्काभेट ख्रीष्टियनहरुलाई नरसंहार गर्न दमस्कस तिर लम्केका शावल, हातमा पुर्जि लिएर, वेन्यामिनको कुलको   हुँ , व्यवस्थाको फरिसी   हुँ   भन्दै थे दमस्कसमा परमेश्वरसंगको जम्काभेटमा पुर्लुक्कै ढले । त्यस पश्चात शावल त पावल पो भए आँखाका पापरा उक्काएर फाले जस्तै पुरानो चिनारी फाल्दै आफ्नो प्रभुलाई चिने ।   एकैछिनको मुड भेटबाट शावल त पावल पो भए!!! व्यवस्थाको एक फरिसी, ख्रीष्टियन मिसिनेरीमा आक्रमक सिंह थुमामा एक महान हत्यारा र एक डरलाग्दो व्यक्ति, ख्रीष्टिय प्रेमको संदेश बाड्दै हिंडीरहे     एकै छिनको जम्का भेटले ,  आफ्नो बोलावट, परिवर्तन र प्रकाशले भरिपुर्ण पावल पो बने। पुरानो चिनारी ख्रीष्टको निम्ति हानी नै ठाने ख्रीष्ट भित्र पाईन सकु भन्दै   सम्पुर्ण जीवन   समर्पण गरे।   तेस्रो पटक सम्मको मिसिनेरी यात्रालाई पुरा गर्दै ठाउँ ठाउँमा मण्डलीहरु स्थापना गरे यहुदीहरु र रोमी साम्राज्यको सतावटलाई सामना गर्दै ...

उत्साह नेपाली चर्च टोक्यो जापान

Image
साप्ताहिक संगति  एल्डर सुबेदी प्रेम । आफ्नो मुल्यलाई पहिचान गर्नु । उत्साह नेपाली चर्च टोकियो कामता जापान,2024-6-30| तपाई र म अनन्तताको निम्ति सृजिएका र उच्चकोटिको आराधनाको लागी तय गारिएका प्रभावशाली मानिसहरु हौ। यसैले ख्रीष्टलाई प्राथमिकताको केन्द्र बनाएर उहाँको रगतद्वारा किनिएको मुल्यको सही पहिचान गरी स्वर्गीय राज्यको हकदार बन्न सक्नु नै जिवनको यथार्थता हो। फुटनोट: २ पत्रुस १: ३-११ १ कोरिन्थी ६: २० १ कोरिन्थी १०: ३१ एफिसी ४: २३-२४ २ कोरिन्थी ५: १०

थाहा भो तपाई नै हुनुहुन्छ-कविता॥ हिरामाया पाख्रिन ॥

Image
                                               आमाको गर्भमा बनिनु अघि नबनिएको मलाई तपाईले नै देख्नुभएछ प्रेम साथ उच्चारण गर्दै मेरो नामलाई आफ्नो हृदयमा तपाईले नै लेख्नुभएछ हुर्किदै गर्दा बालपनमा रमाउदै विपत्ति र आपतहरुलाई तपाईले छेक्नुभएछ तपाईको प्रेमलाई बुझाउन भनि स्याहार्ने असल हृदयलाई तपाईले नै थेग्नु भएछ   जीउदै गर्दा अन्धकार र झुटको संसारमा यात्राको पर्खालहरुलाई तपाईले नै देख्नुभएछ दुष्टताको साङ्लोहरु टोड्न भनी छुटकारा बोकि जगतमा तपाईले नै पाईला टेक्नुभएछ   अधर्म र पापले जन्माएको मेरो घिनलाई तपाईले नै देख्नुभएछ कारण थुकाइ र गिल्लाको अघि नम्र भई तपाईले नै घुँडा टेक्नुभएछ   दिनदिनै कसेर चाङ लगाउदै गरेको मेरो पापको भारीलाई तपाईले नै देख्नुभएछ कारण क्रुसको कष्ट र पिडा बोकी मृत्युलाई सदाको लागि तपाईले नै निल्नुभएछ     दुष्टले छिनालि लगेको मेरो जीवनको आनन्द तपाईले नै हेर्नुभएछ जीवन सुम्पि जब तपाईलाई पुकारे हर दुष्टताको साटो तप...

उत्साह नेपाली चर्च टोक्यो जापान साप्ताहिक संगति

Image
उत्साह नेपाली चर्च टोक्यो जापान, साप्ताहिक संगति  एल्डर गुरुङ्ग चन सुरज । नियत । उत्साह नेपाली चर्च टोकियो कामता जापान,2024-6-23| परमेश्वरले हाम्रो नियत र हाम्रो मनसाय जान्नुहुन्छ उहाँले अँधेरोमा लुकेका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ र मानिसका हृदयका अभिप्रायहरु प्रकट गरिदिनुहुनेछ । उहाँसँगको समर्पणतामा, घनिष्ठतामा, पवित्रतामा भक्तिपूर्ण जीवनमा र उहाँको इच्छाको अधीनमा रहयों भने उहाँले हामीलाई उहाँको महिमामा निम्ति उहाँको अनुग्रह र दयाको मार्गमा डोर्याउनुहुनेछ। उहाँ एक महान परमेश्वर र सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। प्रभु येशू ख्रीष्टको लागि हामी कसरी जिउन सक्छौं? मनमा एउटा उद्देश्य लिएर की म जे गर्छु, त्यो येशू ख्रीष्टको लागि गर्छु जसले गर्दा उहाँको अनुहारमा मुस्कान ल्याउनेछ। हामीहरुको उद्देश्य चाही यही हुनूपर्छ की “उहाँ बढ्‌नु, तर मचाहिँ घट्‌नु आवश् ‍ यक छ।” ‭‭१ पत्रुस‬ ‭1‬:‭23‬ ‭ ‭‭२ कोरिन्थी‬ ‭5‬:‭15‬ ‭ ‭‭मर्कूस‬ ‭4‬:‭35‬-‭41‬ ‭ ‭‭१ कोरिन्थी‬ ‭15‬:‭3‬-‭4‬ ‭ यूहन्ना ‭3‬:‭30‬ ‭ ‭‭२ पत्रुस‬ ‭3‬:‭10‬-‭12‬ ‭ उत्पति ‬ ‭11‬:‭4‬ ‭‭१ शमूएल‬ ‭2‬:‭30‬ ‭ ‭‭प्रेरित‬ ‭5‬:‭34‬-‭39‬...